
शेयर बजार परिसूचक नेप्से बिहीबार पनि झिनो अंकले बढेको छ ।
४.६३ अंकले बढेर नेप्से परिसूचक २५८६.२३ बिन्दुमा कायम भएको छ । १५६ कम्पनीको शेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ ।
बुधबार डेभलपमेन्ट बैंकमा सर्वाधिक २.४० प्रतिशतको वृद्धि भएको छ । हाइड्रोपावर १.८७ प्रतिशतले बढेको छ ।
बैंक, इन्भेस्टमेन्ट, ट्रेडिङ, अदर र माइक्रो फाइनान्समा भने गिरावट देखिएको छ ।
साताको अन्तिम दिन बुधबार १ करोड ८६ हजार ७०५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ६० करोडको कारोबार भएको छ ।
बुधबार पनि नेप्से सामान्य अंकले बढेको थियो ।