२३ जेठ २०८३, शनिबार

नयाँ वर्षमा यस्ता संकल्प गर्नुहोस्, जसले तपाईंलाई क्यान्सरको जोखिमबाट जोगाउनेछ

पुस १८, २०८१
काठमाडौं
नयाँ वर्षमा यस्ता संकल्प गर्नुहोस्, जसले तपाईंलाई क्यान्सरको जोखिमबाट जोगाउनेछ

बुधबारदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरू भएको छ । यो नयाँ वर्षमा जीवनशैलीलाई लिएर गरिएको संकल्प जीवनका लागि बूस्टर डोज साबित हुन सक्छ । 

यसले क्यान्सरजस्तो घातक रोगलाई तपाईंको नजिक आउनबाट रोक्न सक्छ। जीवनशैलीमा गरिएको सामान्य परिवर्तन स्वास्थ्यका लागि वरदान हुन सक्छ।

डब्ल्यूएचओ र अमेरिकन क्यान्सर सोसाइटीका अनुसार, राम्रो जीवनशैली अपनाएर हामी क्यान्सरको जोखिमलाई कम गर्न सक्छौं। यसले केही प्रकारका क्यान्सरलाई बढ्न रोक्न सक्छ।

ग्लोबल क्यान्सर अब्जरभेटरीका अनुसार, संसारमा हरेक वर्ष १ करोड ९० लाख क्यान्सर केस रिपोर्ट गरिन्छन्। विशेषज्ञहरूका अनुसार क्यान्सरबाट बच्न जीवनशैलीलाई सुधार गर्नु महत्त्वपूर्ण छ। यसमा खानपानको विशेष भूमिका हुन्छ।

कुन उपायहरूले क्यान्सरबाट बच्न मद्दत गर्छन्? खानपानका साथै अरू कुन बानीले स्वास्थ्यमा सुधार ल्याउन सक्छ? आउनुहोस्, यसबारे थप जानकारी लिऔं । 

फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युटका सर्जिकल अंकोलोजी विभागका वरिष्ठ निर्देशक डा. निरञ्जन नायकका अनुसार सन्तुलित आहार, नियमित व्यायाम, मदिरा परित्याग र धूम्रपान छोड्नाले क्यान्सरको जोखिम घटाउन सकिन्छ।

हाम्रा पुर्खाहरूले ‘जस्तो अन्न, उस्तै तन’ भनेका छन्। जीवनशैली सुधार्न राम्रो खानपान महत्त्वपूर्ण हुन्छ।

विशेषज्ञहरूका अनुसार राम्रो खानपान भनेको फलफूल, हरियो तरकारी र साबुत अनाजले भरिएको आहार हो। यी पदार्थहरूमा एन्टिअक्सिडेन्ट, भिटामिन र खनिज पदार्थ प्रचुर मात्रामा हुन्छन्, जसले कोषिकालाई क्षति पुग्नबाट बचाउँछ।

प्रोसेस्ड फुड र रेड मीटको अत्यधिक सेवनले क्यान्सरको सम्भावना बढाउन सक्छ। प्रोसेस्ड मीट (जस्तै; ससेज, हट डग) र रेड मीटको अत्यधिक सेवन कोलोरैक्टल तथा अन्य क्यान्सरसँग सम्बन्धित छ। वनस्पतिमा आधारित खानाका विकल्पहरू र लीन प्रोटिन स्रोतहरू रोज्नुपर्छ।

वजन नियन्त्रण गर्नाले स्तन, कोलोरैक्टल र मिर्गौलाजस्ता क्यान्सरको जोखिम कम गर्न सकिन्छ।
डा. नायकका अनुसार नियमित व्यायामले तौल नियन्त्रण गर्न, इम्युनिटी बढाउन र क्यान्सरको जोखिम घटाउन मद्दत पुर्‍याउँछ। 

हप्तामा कम्तीमा १५० मिनेट मध्यम व्यायाम गर्न सिफारिस गरिन्छ। दैनिक गतिविधि, जस्तै; हिँड्ने, बगैँचाको काम गर्ने वा भर्‍याङ चढ्ने जस्ता बानीहरूले पनि स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।

धूम्रपानले फोक्सो मात्र नभएर मुख, घाँटी, मूत्राशय, मिर्गौला र महिलामा गर्भाशयको क्यान्सरको खतरा बढाउँछ। धूम्रपान छोड्नाले यी क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ। 

मदिरा पिउन छोड्नाले कलेजो, स्तन र कोलन क्यान्सरबाट बच्न सकिन्छ।

खोप लगाउने बानी पनि महत्त्वपूर्ण छ। ह्युमन पेपिलोमाभाइरस (एचपीभी) खोप (महिलाका लागि) र हेपाटाइटिस बी खोप तोकिएको समयमा लगाउनुपर्छ। यी खोपहरूले संक्रमणबाट बचाएर क्यान्सरको जोखिम घटाउँछन्।

डा. नायकका अनुसार तनाव व्यवस्थापनले अप्रत्यक्ष रूपमा क्यान्सरको जोखिम घटाउँछ। ध्यान, लामो सास फेर्ने, योग र पर्याप्त निद्रालाई जीवनशैलीको हिस्सा बनाउनु पर्छ।

यी उपायहरूले क्यान्सरको जोखिम कम गर्न, स्वस्थ रहन र जीवनलाई गतिशील बनाउन मद्दत गर्छन्। तसर्थ, यो नयाँ वर्षमा यस्तो बानी व्यवहार र जीवनशैली अपनाउने संकल्प गर्नुभयो र त्यही अनुसार अगाडि बढ्नुभयो भने तपाईंको स्वास्थ्य पक्कै राम्रो हुनेछ । गर्ने होइन त संकल्प ?

salt training

कमेन्ट गर्नुहोस्