![प्रकृतिको अनुपम उपहार कालिञ्चोक [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/kalinchok_2_YXDJ5Oa88z.jpg)
प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण छ । विशेषगरी पुष, माघ र फागुनमा हिउँ पर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ ।

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने र मनमोहक प्राकृतिक सौन्दर्यकै कारण केही वर्षदेखि कालिञ्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै गएको छ। समुद्री सतहभन्दा तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको यो क्षेत्रमा दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ ।

कालिञ्चोकको प्रमुख आकर्षण कालिञ्चोक भगवती तीर्थ नै हो। कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथि कालिञ्चोक भगवतीको मन्दिर छ । त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो ।

किंवदन्ती अनुसार जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ ।
केही वर्षदेखि सञ्चालनमा आएको केबलकार सुविधाले अब भने भगवतीको दर्शन गर्न हिँड्नु पर्ने बाध्यता हटेको छ । कुरी बजारबाट करिब १ घण्टाको पैदल दुरीमा रहेको भगवतीको मन्दिर अब भने केबलकारमा जान सकिन्छ ।






