०९ असार २०८३, मंगलबार

सिद्धबाबा सुरुङ छेडिन अब आठ मिटर मात्रै बाँकी, पुसभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी [फोटो फिचर]

पुस २५, २०८१
बुटवल
सिद्धबाबा सुरुङ छेडिन अब आठ मिटर मात्रै बाँकी, पुसभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी [फोटो फिचर]

पहाडलाई तराईसँग जोड्ने सिद्धबाबा सुरुङ मार्ग छिचोलिन अब जम्मा ८ मिटर बाँकी छ । १ हजार १२६ मिटरको सुरुङमध्ये बुधबारसम्म १ हजार ११८ मिटर खनिसकिएको छ ।

सिद्धबाबा सुरुङ आयोजनाका इन्जिनियर सविता ज्ञवालीका अनुसार यहीँ पुस महिनाभित्रै ‘टनेल’को ‘ब्रेक थ्रु’ गर्ने तयारी छ । गत वर्ष माघ ४ गतेबाट टनेल खन्न थालिएको थियो । 

null

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा मन्दिरनजिकै बन्दै गरेको बहुचर्चित सुरुङ ११ महिनामै ब्रेक थ्रु हुने अवस्थामा आइपुगेको हो । 

सुरुङमार्गका ३ वटा बाइपास यसअघि नै छिचोलिएका छन । आयोजनाको ब्रेक थ्र मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउने आयोजनाको तयारी छ । ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा सुरुङ मार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ । 

null

२७ मार्च २०२७ मा निर्माण सम्पन्न गर्नेगरी कर्पोरेसनलाई जिम्मा दिइएको थियो । ‘यो सुरुङ मार्गले यस क्षेत्रलाई पूर्वाधार विकाससहित आर्थिक क्षेत्रमा समेत फड्को मार्न योगदान गर्नेछ ।

गुल्मी र पाल्पाका नागरिकको एक दशकदेखिको चाहना पूरा हुनेछ,’ ज्ञवालीले भनिन् । आयोजनाको भौतिक र वित्तीय प्रगति भने ३९ प्रतिशत भएको छ ।

null

 

null

null

 

 

salt training

कमेन्ट गर्नुहोस्