
मकर सङ्क्रान्ति अर्थात् माघी वर्ष नेपालीका लागि पनि महत्त्वपूर्ण चाड हो । थारू समुदायको नयाँ वर्ष पनि हो । मगर समुदायले पनि यो चाडलाई विशेष रूपले बनाउने गर्छन् ।
यो वर्षको मकर सङ्क्रान्ति मंगलबार परेको छ । मकर सङ्क्रान्तिको दिन खिचडी खाने चलन भए पनि यस दिन खिचडीका साथै अन्य स्वादिष्ठ परिकार पनि बनाइन्छ। ती परिकारहरूमध्ये मूंग दालको पकौडा निकै विशेष मानिन्छ। यो बनाउन सजिलो मात्र छैन, खाँदा निकै स्वादिष्ठ पनि हुन्छ।
कतिपय गृहिणीलाई मूंगको दालको पकौडा बनाउन नआउन सक्छ। त्यसैले यहाँ मूंग दालको पकौडा बनाउने लागि सरल विधि प्रस्तुत गरिएको छ। जाडोयाममा तात्तातो पकौडा खाँदा चाडको मज्जा झन् बढ्नेछ ।
मूंग दालको पकौडा बनाउन आवश्यक सामग्री
मूंग दाल : आवश्यकता अनुसार
अदुवा: एक इन्चको टुक्रा (आवश्यकता अनुसार थप्न सक्नुहुनेछ)
हरियो खुर्सानी: २-३ वटा (स्वादअनुसार)
हरियो धनियाँ: २ चम्चा (पेस्ट बनाएको)
नुन: स्वादअनुसार
धनियाँ पाउडर: १/२ चम्चा
अजवाइन: १/४ चम्चा
चामलको पिठो: १-२ चम्चा
तेल: तार्नका लागि
बनाउने तरिका
मूंग दाललाई २-३ घण्टा पानीमा भिजाउनुस्। भिजेको दालको पानी छानेर मिक्सरमा राख्नुस्। अदुवा र हरियो खुर्सानी पनि दालसँगै मिक्सरमा राख्नुस्। अलिकति मात्र पानी हालेर बाक्लो पेस्ट बनाउनुस्।
तयार पेस्टलाई ठूलो भाँडोमा राख्नुस्। त्यसमा हरियो धनियाँ, नुन, अजवाइन, धनियाँ पाउडर, र चामलको पिठो हाल्नुस्। मिश्रणलाई राम्रोसँग फेट्नुस् ताकि हल्का र फुल्लो बनोस्।
कराईमा तेल तताउनुस्। तेल ततिसकेपछि सानो चम्चाको मद्दतले पकौडा तेलमा हाल्नुस्। पकौडालाई मध्यम आगोमा सुनौलो खैरो रंगको र खसखसिलो हुने गरी तार्नुस्।
पकौडा बनाउँदा मिश्रणलाई राम्रोसँग फेट्नाले त्यसलाई हल्का र कुरकुर गर्ने बनाउँछ।
तारिएका तातो-तातो पकौडा हरियो चटनीसँग पस्किनुस्। मकर सङ्क्रान्तिको यो विशेष परिकार घरमा बनाएर परिवारसँग आनन्दसँग खानुहोस् ।