![वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमणको विरोधमा प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Protest_Dinesh_Tripathi_Case_1_d1H6PbEYbL.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा कानून अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् ।
बुधबार रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा काठमाडौं जिल्ला अदालत परिसरमा जम्मा भएका रास्वपा समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा विद्यार्थीहरूले नेपाल कानून क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘कानून व्यवसायीलाई कुट्न पाइँदैन’, ‘मुद्दा लड्नु कानून व्यवसायीको पेशागत धर्म हो’, ‘नीलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो’ लगायतका नारा लगाउनुका साथै प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।









