
एप्पल कम्पनीका सहसंस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल अब सनातनी भएकी छिन्। उनी आफ्नो नाम परिवर्तन गरी कमला बनेकी छिन्।
मकर संक्रान्तिको पावन अवसरमा लरेन पावेल (अब कमला) प्रयागराजमा आयोजित महाकुम्भ मेलामा सहभागी भइन्। उनले श्रीनिरञ्जनी अखाडाका पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरिको शिविरमा विधिपूर्वक पूजा-अर्चना गरिन्।
स्वास्थ्य खराबीका कारण उनी महाकुम्भमा स्नान गर्न नसकेकीले स्वामी कैलाशानन्दले उनीमाथि संगमको जल छर्केर अमृत स्नानको महत्त्व बताउँदै यस पावन अवसरमा दीक्षा प्रदान गरे।
यसका साथै, लरेन पावेल (कमला) ले आजीवन रुद्राक्षको माला धारण गर्ने संकल्प लिइन्। उनलाई अच्युत गोत्र प्रदान गरिएको छ।
गत वर्ष, ७ फेब्रुअरी २०२४ मा, लरेन पावेल स्वामी कैलाशानन्दको सम्पर्कमा आएकी थिइन्। त्यसपछि उनी १० जनवरी २०२५ मा महाकुम्भ मेलामा सहभागी हुन आइन्।
महाकुम्भ विश्वकै सबैभन्दा ठूलो धार्मिक आयोजन हो। यसमा केवल भारतबाटै होइन, विश्वभरका मानिसहरूले स्नान गर्नका लागि सहभागिता जनाउँछन्।