०२ असार २०८३, मंगलबार

किशोरी बलात्कारको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

माघ ६, २०८१
झापा
किशोरी बलात्कारको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका- ६ थुम्वेदिनका ५२ वर्षीय कुमार राई छन् ।

उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुमारले ती किशोरीलाई हल्दिबारी गाउँपालिका- ४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्