२९ जेठ २०८३, शुक्रबार

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त

माघ १०, २०८१
काठमाडौं
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको मन्त्री देउवाले सामाजिक संजालमार्फत् उल्लेख गरेकी छन् । 

मन्त्री डा देउवाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन् । 

मन्त्री डा देउवाले बिहीबार बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गरेकी थिइन् । 

बुधबार साँझ भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीको ज्यान गएको छ । 

salt training

कमेन्ट गर्नुहोस्