२९ जेठ २०८३, शुक्रबार

मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु

माघ १०, २०८१
बुटवल
मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु

बुटवलमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

बुटवल उपमहानगरपालिका-१२ तामनगरमा लु ९३ प ९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ ।

मोटरसाइकलले बुधबार बेलुकी ठक्कर दिँदा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्