
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंको घण्टाघरस्थित शाखा प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय आइतबारदेखि सोही वडा भित्र प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको शुभारम्भ गरे ।
यस शाखाबाट ग्राहकहरूले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू लिन सक्ने उनले जानकारी दिए ।
प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू शुरू भएको छ ।
हाल बैंकले २८३ शाखा कार्यालय, ६५ वटा एक्स्टेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।