२८ जेठ २०८३, बिहीबार

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

माघ १४, २०८१
काठमाडौं
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१४ बस्ने २५ वर्षीय सुनिल दसौँदी, गोरखाको सहिद लखन गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक रहेका छन् ।

यसैगरी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने ३१ वर्षीय विकास दवाडी र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ का २४ वर्षीय विशाखा पौडेललाई पनि प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दसौँदीले सर्विया पठाउने भन्दै एक जनाबाट २२ लाख ३८ हजार, विकले अमेरिका पठाउने भन्दै एक जनाबाट ९७ लाख ५४ हजार, दवाडीले जापान पठाउने भन्दै दुई जनाबाट तीन लाख र पौडेलले कुवेत पठाउने भन्दै एक जनाबाट एक लाख ६० हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले पीडितलाई वैदेशिक रोजगारमा नपठाइ लामो समयसम्म सम्पर्कविहीन भएपछि प्रहरीमा जाहेरी परेको थियो । पीडितको जाहेरीपछि उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

पक्राउ परेका चार जनामध्ये विकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर र बाँकी तीन जनालाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए । 

salt training

कमेन्ट गर्नुहोस्