११ साउन २०८३, सोमबार

१६ वर्षमुनिका बालबालिकालाई फिल्म हेर्न प्रतिबन्ध !

माघ १५, २०८१
काठमाडौं
१६ वर्षमुनिका बालबालिकालाई फिल्म हेर्न प्रतिबन्ध !

भारतको तेलंगाना उच्च अदालतले १६ वर्षमुनिका बालबालिकालाई फिल्म हेर्नमा कडाइ गरेको छ । एक आदेश जारी गर्दै अदालतले बिहान ११ बजेसम्म र राति ११ बजेपछि सिनेमा हल र मल्टिप्लेक्समा प्रवेश गर्न तथा फिल्म हेर्न उनीहरूलाई प्रतिबन्ध लगाएको छ। 

यो निर्णय अदालतले फिल्म टिकटको मूल्यवृद्धि र विशेष शोको अनुमति सम्बन्धी सुनुवाइपछि गरेको हो। न्यायाधीश विजयसेन रेड्डीले बालबालिकालाई बिहान चाँडै वा राति अबेर फिल्म हेर्न दिनु उनीहरूको शारीरिक र भावनात्मक स्वास्थ्यमा असर गर्न सक्ने भन्दै टिप्पणी गरेका छन्।

अदालतले के भन्यो?
अदालतले हालै फिल्म पुष्पा २ को प्रिमियरको क्रममा सन्ध्या थिएटरमा भएको भागदौडलाई स्मरण गर्‍यो। उक्त घटनामा एक महिलाको मृत्यु भएको थियो भने उनको छोरा गम्भीर घाइते भएका थिए। 

न्यायाधीश विजयसेन रेड्डीले सिनेमाटोग्राफी नियम अनुसार बालबालिकालाई बिहान ८:४० भन्दा अघि र राति १:३० भन्दा पछिका फिल्म हेर्न नदिनु पर्ने बताए। बिहान चाँडै र राति अबेर बालबालिकालाई फिल्म हेर्न दिनु उचित नभएको उनको भनाइ छ।

राज्य सरकारलाई निर्देशन
उच्च अदालतले १६ वर्षमुनिका बालबालिकाको बिहान ११ बजेसम्म र राति ११ बजेपछि सिनेमा हल र मल्टिप्लेक्स प्रवेशलाई नियन्त्रण गर्न राज्य सरकारलाई निर्देशन दिएको छ ।

न्यायाधीश रेड्डीले बालबालिकामा राति अबेरसम्म स्क्रिनको अत्यधिक प्रयोगले पार्ने प्रभावप्रति पनि चिन्ता व्यक्त गरेका छन्। 

अदालतले याचिकाकर्ताका वकिलका तर्क सुनेपछि यो निर्णय सुनाएको हो। अदालतले बालबालिकालाई मध्यरातपछिको वा बिहानै फिल्म हेर्नका लागि बाहिर जान दिनु उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्ने बताएको छ। 

याचिकाकर्ताका वकिलले असामान्य समयमा फिल्म हेर्नाले बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरबारे तर्क गरेका थिए। 

अदालतले निर्णय सुनाउनुअघि यी विषयलाई ध्यानमा राखेको हो। यस मामिलाको अर्को सुनुवाइ फेब्रुअरी २२ सम्मका लागि स्थगित गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्