
काठमाडौं, ४ मंसिर — फ्रन्टियर्स अफ फिजियोलोजी जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, महिलाहरू वाहन चलाउने समयमा पुरुषको तुलनामा कम विचलित हुन्छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार, युवकहरू तथा स्नायुको कुनै समस्याले ग्रस्त व्यक्तिहरूको ध्यान भंग हुने आशंका अधिक रहन्छ ।
नर्वेको इन्स्टिच्युट अफ इकोनोमिक्सको ओले जोनसोनले हाईस्कूलका विद्यार्थी र वयस्कको एक ठूलो समूहको सर्वेक्षण गरे । सर्वेक्षणमा विभिन्न पक्षलाई संलग्न गराइयो ।
अध्ययन निष्कर्षमा जोनसोन भन्छन्, ‘युवकहरू विचलित हुने आशंका सर्वाधिक हुने मेरो आशंका छ ।’
एजेन्सी