२२ असार २०८३, सोमबार

एलिना–विष्णु विवाहको एक वर्ष नबित्दै सम्बन्धबिच्छेदको मुद्दा

माघ १९, २०८१
काठमाडौं
एलिना–विष्णु विवाहको एक वर्ष नबित्दै सम्बन्धबिच्छेदको मुद्दा

गायिका एलिना चौहान र अष्ट्रेलिया निवासी विष्णु सापकोटा गत वैशाख ५ मा वैवाहिक बन्धनमा बाँधिए । तर, यो जोडीको सम्बन्ध एक वर्ष पनि टिक्न सकेन । अर्थात बिहेको करिब साढे १० महिनामै एलिना चौहान सम्बन्धबिच्छेद गर्ने निष्कर्षमा पुगेकी छन् । 

झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा एलिना र विष्णुले सँगै जीवन बिताउने प्रण गरेपनि त्यो पूरा नसक्ने अवस्था बन्यो । 
अहिले एलिनाले पति विष्णु सापकोटालाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा दायर गरेको सम्बन्धविच्छेद मुद्दामा पतिले शंका उपशंका गरेको उल्लेख छ । एलिनाले श्रीमानबाट कुनै अंश नलिने गरी मुद्दा दर्ता गरेको फिराद पत्रमा उल्लेख छ।  

salt training

कमेन्ट गर्नुहोस्