२३ जेठ २०८३, शनिबार

सम्बन्धविच्छेदको मुद्दापछि एलिना चौहानको आग्रह- सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला

माघ १९, २०८१
काठमाडौं
सम्बन्धविच्छेदको मुद्दापछि एलिना चौहानको आग्रह- सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला

विवाह भएको एक वर्ष नपुग्दै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी गायिका एलिना चौहानले पति विष्णु सापकोटालाई गाली नगर्न आग्रह गरेकी छिन् ।

शनिबार दिउँसो सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले दुवै जनाका साथै परिवारको सहमतिमा सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढेका कसैलाई पनि गाली नगर्न आफ्ना शुभचिन्तकहरूलाई आग्रह गरेकी हुन् ।

‘आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ,’ उनले भिडियो सन्देशमा भनेकी छिन्, ‘मलाई यो समयमा साथ दिनुस् तर उहाँलाई नराम्रो नभन्नुहोला । गाली नगर्नुहोला । मैले आफैं जिन्दगी बिगारेको हो । उहाँले पनि म कलाकार हो भन्ने थाहा पाउँदापाउँदै विवाह गर्नुभएको हो ।’

अनुभवबाट सिकेर नयाँ जीवन शुरू गर्न चाहेको उनले बताएकी छिन् । ‘कृपया सहयोग गर्न नसके पनि बाधा नपार्दिनुहोला’ एलिनाले भनेकी छन् ।

साथै एलिनाले आफ्नाजस्तै बुवाआमा नेपालका सबै छोरीले पाउन् भन्ने कामना पनि गरेकी छन्। 

उनले शुक्रबार पति विष्णु सापकोटालाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । 

पतिले अनेक शंका-उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । 

उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए ।​ एलिनाका पति विष्णु अस्ट्रेलियामा बस्छन् । ​

यस्तो छ उनको भिडियो : 

यो पनि पढ्नुहोस् 

salt training

कमेन्ट गर्नुहोस्