रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मन्थली नगरपालिका-११ गेलु पन्थली बस्ने २१ वर्षीय सुरेश माझीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
सोही ठाउँस्थित तामाकोशी नदीमा ब्याट्रीको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।