२३ असार २०८३, मंगलबार

टिप्परले गुड्दै गरेको मोटरसाइकललाई ठक्कर दियो, चालकको मृत्यु

माघ २४, २०८१
बुटवल
टिप्परले गुड्दै गरेको मोटरसाइकललाई ठक्कर दियो, चालकको मृत्यु

बुटवलमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

बुटवलको नेपालगञ्ज रोडमा पूर्वतर्फबाट आउँदै गरेको लु २ ख ३३३६ नम्बरको टिप्परले लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

गम्भीर घाइते मोटरसाइकल चालकलाई स्थानीयले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएका थिए । अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका भएका थिए । 

मृतकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

डीएसपी पण्डितका अनुसार मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालक तिलोत्तमा नगरपालिका– १० का किस्मन थारूलाई नियन्त्रणमा लिइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्