२२ असार २०८३, सोमबार

निरन्तर ओरालो यात्रामा नेप्से, ६ अर्ब ९६ करोडको कारोबार

माघ २८, २०८१
काठमाडौं
निरन्तर ओरालो यात्रामा नेप्से, ६ अर्ब ९६ करोडको कारोबार

लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो कारोबारपछि दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १०.९८ अङ्कले घटेर २६७७.३२ को विन्दुमा कायम भएको हो । 

साताको दोस्रो कारोबारका दिन १ करोड ४४ लाख ४३ हजार ८६५ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन आइतबार मात्रै ११.९४ अङ्कले घटेर २६८८.३१ को विन्दुमा बन्द भएको थियो । 

आज न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै बोटल्स नेपाल बालाजु र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्