
लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ ।
साताको पहिलो र दोस्रो दिनको गिरावटपछि मङ्गलबार नेप्से परिसूचक ६.५४ अङ्कले बढेर २६८३.८६ को विन्दुमा कायम भएको हो ।
यस दिन बजारमा १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार नेप्से परिसूचक १०.९८ अङ्कले घटेर २६७७.३२ को विन्दुमा बन्द भएको थियो । साताको पहिलो कारोबारका दिन आइतबार पनि परिसूचक ११.९४ अङ्कले घटेर २६८८.३१ को विन्दुमा बन्द भएको थियो ।
आज सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी तीनै कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा सीईडीबी होल्डिङस लिमिटेडका शेयर ३६ करोड ८१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।