२७ जेठ २०८३, बुधबार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

फागुन १, २०८१
काठमाडौं
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

दाङको लमही नगरपालिका-३ टिकुलिगढमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

घरमा काम गर्दै आएका रोल्पा माडी गाउँपालिका-३ घर भएका ३८ वर्षीय सुरेश घर्तीमगरको करेन्ट लागेर बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

लमही नगरपालिका-३ स्थित नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्