२७ जेठ २०८३, बुधबार

केआईआईटी विश्वविद्यालय घटनाको विरोधमा नेपाल-भारत सीमामा प्रदर्शन

फागुन ६, २०८१
विराटनगर
केआईआईटी विश्वविद्यालय घटनाको विरोधमा नेपाल-भारत सीमामा प्रदर्शन

भारत उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको विरोधमा विधार्थीहरूले नेपाल-भारत सीमा नाकामा प्रदर्शन गरेका छन् ।

घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले मंगलबार विराटनगरको नेपाल-भारत सीमास्थित जोगबनी नाकामा प्रदर्शन भएको गरेका हुन् । 

लम्साललाई न्यायको माग गर्दै विराटनगरका अन्य स्थानमा समेत प्रदर्शन भएको छ । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट शुरू भएको प्रदर्शन रोडशेष चोकसम्म पुगेको थियो ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई आउजाउमा अवरोध समेत गरेका छन् । महेन्द्र मोरङ क्याम्पसका चार विद्यार्थी संगठनले आन्दोलनको घोषणा पनि गरेका छन् । 

भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि नेपाली विद्यार्थी त्यहाँ प्रदर्शन गरेका थिए । त्यसक्रममा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार समेत भएको थियो । 

घटनाको चौतर्फी विरोध भएपछि कलेजले नेपाली विद्यार्थीसँग माफी माग्दै कलेज फर्किन अपिल गरेको छ । उता विश्वविद्यालयले दुई जना कर्मचारीलाई सेवाबाट हटाएको छ भने तीन जनालाई निलम्बन गरेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्