०२ असार २०८३, मंगलबार
संघर्षमय जीवनयात्रा

कृष्ण पोख्रेल : झलनाथ खनाल, युवराज खतिवडा र सीपी मैनालीका गुरु

फागुन १०, २०८१
विराटनगर
कृष्ण पोख्रेल : झलनाथ खनाल, युवराज खतिवडा र सीपी मैनालीका गुरु

राजनीति विश्लेषक कृष्ण पोख्रेल सुनसरीको हरिनगरमा जन्मेका हुन् । बजारको पूर्व–पश्चिमतर्फ पहाडिया टोल थियो । त्यहीँ टोलमा उनी हुर्केबढे । टोल पहाडिया भए पनि हरिनगरमा मधेशी समुदायको बाहुल्यता थियो । हलुवाई, नुनिया, गडेरी, कोइरी टोलमा मधेशी समुदायको बाक्लो बस्ती थियो । मधेशी टोलमा पनि अलगअलग जातका मानिस बस्थे । उनीहरूसँगै हुर्केका पोख्रेललाई बाल्यकालमा नेपालीभन्दा मैथिली बोल्न सजिलो लाग्थ्यो । 

उनको पढाइ भने कटेराबाट शुरू भएको थियो । सोमबारे हाटमा कायस्थ थरका एक जना बुढा शिक्षकले उनलाई पढाउँथे । तिनलाई ‘बुढ्वा मास्टर’ भनेर गाउँलेले चिन्ने गरेको कृष्ण पोख्रेल सम्झन्छन् । 

ती मास्टर कहाँ आफैंले लगेको बोरा ओच्छ्याएर पढ्ने गरेको उनले सुनाए । त्यही बोरा पनि अरूसँग हुन्थेन । एक विद्यार्थीको डेढ रुपैयाँ नै ती मास्टरको महिनाको तलब हुन्थ्यो ।

२००४ सालमा जन्मेका पोख्रेल ५ वर्षको भएदेखि ती बुढ्वासँग पढ्न थालेका हुन् ।  घरमा आउँदा बुबाले कस्तो छ मास्टरजी मेरो छोराको पढाइ भनेर सोध्दा मास्टरले दिएको जवाफ उनी अझै सम्झिन्छन् । (अरू बात त ठिक छे मुख्याजी लेकन एकर बोली ५ टक्का बिकाइया ) अरू सब ठिक छ मुखियाजी यसको बोली सुन्न ५ रुपैयाँ पर्छ भन्थे । अर्थात् उनी धेरै बोल्थेनन् । 

पछि तिनै मास्टरले (ग्वाली) गोठमा  पढाउन थाले । भुईँमै बसेर पढ्ने गरेको पोख्रेल स्मरण गर्छन् । ती शिक्षकले शनिवार शनिश्चरा मनाउने गर्थे ।शनिश्चराको प्रसङ्ग भने रोचक छ । शनिवारको दिन घरबाट चामल, २ पैसा, सखर (गुण) र आफ्नै बारीमा फुलेको फूल अनि आफ्नै बारीको केरा लिएर जानुपथ्र्याेसरस्वती भनेर लट्ठीको पूजा गर्ने गर्थे । पूजा सकेपछि लगेका चामल भिजाएर सखर र केरा हालेर प्रसाद बनाउने चलन थियो । शनिवार स्कुल लगाएर आइतबार बिदा हुने गरेको थियो । 

‘गाउँमा हुर्केकाले पूजा र प्रसाद भनेपछि खान पाइएला भन्यो लाग्थ्यो,’ पोख्रेलले सम्झन्छन्, ‘पहिलो प्रसाद विद्या आउँछ भनेर छडीले हान्थे । अनि मात्रै कचौरा र दुनामा प्रसाद दिन्थे ।’

null

पछि भने हरिनगरा मिडिल स्कुल भनेर खुलेपछि उनले त्यही पढ्न थाले । त्यहाँ ५ कक्षासम्म पढाइ हुन्थ्यो । त्यतिबेला मास्टरले कुटेर नै पढाउँथे, अनि डर लाग्थ्यो । उनका अनुसार स्कुलमा ४ जना मास्टर थिए । मैथिली र हिन्दीमा पनि पढाउने गरेको उनले बताए । केही सोध्यो भने चिच्याएर बोल भनेर कराउने गरेको पोख्रेल स्मरण गर्छन् । तीन/चार कक्षामा पढ्दा हिन्दी पढ्नु परेको उनले सुनाए । ‘तुमरा देशके राष्ट्रपिता कौन हे भनेर सोध्या हुन्थ्यो ।  महात्मा गान्धी लेख्नु पथ्र्याे । प्रधानमन्त्री के नाम कन हे ? आपका घर किस प्रांत में है? विहार प्रान्त कहाँ है भनेर सोध्या हुन्थ्यो ।  पटना भनेर लेख्नु पथ्र्याे’, बाल्यकालको स्कुलको स्मरण गर्दै उनले भने । 

पुस्तक देवनागरीमा भएकाले मधेशी मास्टरले कठिनले पढाउने गरेको उनी सम्झन्छन् । ‘यसका माने रटके आना’ भनेर पढाउने गरेको उनले बताए । ती  मास्टरहरूले हिन्दी चाहिँ मज्जाले पढाउने गरेको पोख्रेल सम्झिन्छन् । 

त्यतिबेला बस्ने बेन्च मात्रै थिए भने घुँडामा कपि राखेर लेख्ने गरेको उनले बताए । अंग्रेजी पढाउने भने उनका माइला बुबाका छोरा दाजु विश्वराज पोख्रेल थिए । उनी विद्यालयमा प्रथम र दोस्रो हुने गर्थे । दाजु विश्वराजले बनारसबाट एसएलसी पास गरेका हुन् । ‘दाजु विराटनगर आउने भएपछि अब बिग्रने भयो भनेर मलाई पनि दाजुसँगै पठाइदिनुभयो,’ उनले भने । 

स्कुलमा उनी फुटबल खेल्थे । तीन वटा टीममध्ये एउटाको उनी क्याप्टेन थिए । उनको टीममा शेखर कोइराला पनि थिए । शेखर उनीभन्दा जुनियर हुन् । बल र पम्प क्याप्टेनको जिम्मामा हुन्थ्यो । बीपीको जेठा छोरा प्रकाश र मातृकाको छोरा अजय पनि पोख्रेलका साथी थिए ।

विश्वराजले शरीरका अंगको नाम उनलाई अंग्रेजीमा सिकाएका थिए । गाउँमा निस्कँदा यसलाई त अंग्रेजी आउँछ भनेर अरूले भन्ने गरेको उनले बताए । ‘बुढापाकाले पनि गाला, नाक र मुखलाई अंग्रेजीमा के भन्छन् भनेर सोध्थे,’ उनले भने, ‘आफू दङ्ग भनेर भन्थें । यसलाई अंग्रेजी फरर आउने रहेछ भन्थे ।’ उनका फुपूका छोरा गोपाल उपाध्याये गाउँमा रेडियो लिएर जाँदा समाचार सुन्नेको भिड लाग्ने गरेको उनी सम्झिन्छन् । बाँस गाडेर एरियल बाँधी रेडियो बजाउने गरेको पनि उनलाई याद छ । 

त्यसपछि उनी विराटनगरको आदर्श विद्यालयमा ७ कक्षामा भर्ना भए । एक पटक भने उनले विषय लागेर पास गरेका थिए । ७ कक्षामा हिन्दीमा सबैभन्दा बढी नम्बर ल्याए पनि नेपालीमा फेल भए । उनले नेपाली पनि हिन्दी मै पढेका थिए । 

स्कुलमा उनी फुटबल खेल्थे । माथिल्लो कक्षामा पढे पनि उमेर कम भएकाले उनी एउटा टिमको क्याप्टेन थिए । तीन वटा टीममध्ये एउटा टीमको उनी क्याप्टेन थिए । उनको टीममा शेखर कोइराला पनि थिए । शेखर उनीभन्दा जुनियर हुन् । बीपी कोइरालाको जेठा छोरा प्रकाश र मातृकाका छोरा अजय कोइराला पोख्रेल साथी थिए । क्याप्टेनको जिम्मामा बल र पम्प राख्ने गरेको उनले बताए । 

२०१५ सालको माघ १४ गते उनको आदर्श स्कुलमा एडमिसन भएको थियो । विराटनगरको शहीद मैदानमा संयुक्त प्रजातान्त्रिक पार्टी केआई सिंहको भाषण चलिरहेको थियो । केआई सिंहको चुनाव चिन्ह धानको बाला थियो । धानको बाला झुल्यो हजुर देशै रमाइलो भनेर गीत गाउँदै नाच्दै भाषण गर्ने गरेको उनले बताए । 

पहिलादेखि नै परिवर्तन हुनुपर्छ भन्ने पक्षमा थियो परिवार
१५ सालको चुनावमा गाउँमा राजनीतिक कुरा कमै हुन्थ्यो । बाचाहिँ ७ सालकै क्रान्तिमा कांग्रेसतिर लागेको उनले बताए  । उनले एउटा रोचक प्रसङ्ग पनि सुनाए । ‘विराटनगर कांग्रेसले कब्जा गरेपछि राणाहरूले सेना पठाएको रहेछ । बासहित ५ जना मिलेर कोशीको घाट ठेक्का लिनुभएको थियो,’  उनले भने ‘नाउ वारपार गर्ने र कोशीबाट बगेर आउने लकडी (काठ) ठेक्का लिनुभएको थियो ।’ 

त्यतिबेला दहतरबहत्तर भनेर ठेक्का लगाउने चलन थियो । सेना आउँदै छन् भनेपछि अरू भागेका थिए भने उनका बुबा चाहिँ गाउँमै लुकेका थिए । 

‘बाले पनि जम्मै नाउ पूर्वपट्टी ल्याएर बाँध्न लगाएर लुक्नुभएछ । सेना तर्न नसकेपछि बुबाको खोजी गरेर लगेछन् । पुग्नेवित्तिकै तँ कांग्रेस होस् भनेर सोधेछन् । क्याप्टेन कृष्णबहादुर राणाले ठोक यसलाई भनेर आदेश नै  दिएछन् । छेउमा भएको सेनाकै जवानले अनुहार हेर्दा त बाहुनजस्तो छ भनेर सोधौँ साब भनेछन् । बाहुन भनेपछि बाचिस् भनेर छाडेछन्,’ उनले भने । 

उनले पहिलाको स्मरण गर्दै थपे, ‘त्यतिबेला हे कोशी माता तिमी साक्षात् छौं भने मलाइ बचाऊ । यसको मरेको अनुहार हेर्न पाऊ भनेर बुबाले भन्नुभएको थियो रे ।’

null

गोरु गाडामा कहीँ कांग्रेस छैनन् भनेर हेर्दा उनमाथि गोली लागेछ । फर्किएर मलाई बचाउनुहोस् बाजे भन्दै गएको उनले बताए । यता, उपचार सम्भव नभएपछि बोटमै कोशीको किनारै किनार भारत पठाए पनि उपचार सम्भव नभएको उनले बताए । 

१५ सालको इलेक्सनमा सानै भएकाले चुनावका पोस्टर भेला गरेर किताबका गाता लगाउने गरेको उनले बताए । कुनै पार्टीको पनि बहुमत आउँदैन भनेर राजा महेन्द्रले चुनाव गराएको उनले बताए ।  कुनै पार्टीको बहुमत आएन भने राजाले आफूले चाहेको व्यक्तिलाई  नियुक्ति गर्न पाउने व्यवस्था थियो । त्यसको विरोधमा बुबाहरू रहेको उनले बताए ।  (छाताको मोडदुम, घैलाको फेडदुम, हात्तीमा चढ्के गाछीमा भोट दे ।) छातालाई भाँची देऊ, घैलालाई फुटाइदेऊ हात्तीमा चढेर रुखमा भोट देऊ भनेर कांग्रेसले भोट माग्ने गरेको उनले बताए ।  

पछि उनैलाई पढाउन बुबा विराटनगर आएका थिए । 

२०१९ सालमा उनले एसएलसी दिए । २१ सालको माघमा आइएको जाँच दिन ४५ रुपैयाँ तिरेर काठमाडौं गएका थिए । फर्कँदा ४५ रुपैयाँ महँगो भनेर उनी भारतको बाटो हुँदै फर्केका थिए । बसमा वीरगन्ज गएर त्यहाँबाट रिक्सामा रक्सोल पुगी रेल चढेर घरमा आएका थिए । जहाजभन्दा सस्तो भएकाले त्यसरी आएको उनले बताए । 

त्यसपछि विराटनगरमा उनीहरूको घर जल्यो । काम गर्ने महिलाले टुक्कीमा तेल हाल्दा आगो लागेको उनले बताए । धेरै वर्ष भान्सा घरमा बसेको उनले सम्झिए ।  आइए जाँच दिएर आउनेवित्तिकै उनले महालेखा परीक्षकको कार्यालयमा मुखियाको जागिर भेटे । तलब भने ८० रुपैयाँ थियो । पछि तलब बढेर  १०० भयो ।  

उनले दर्ता चलानी गर्ने काम गर्थे । त्यहाँ एक वर्ष जागिर खाए । उनले विद्यार्थी युनियनको चुनाव पनि लडे । कम्युनिस्टबाट चुनाव लडेका थिए । साथी भाइको सङ्गतले उनी कम्युनिस्ट भए । सात सालमा चुनाव जितेपछि बुबाले घर अगाडि कांग्रेसले जितेको सम्झना हुन्छ भनेर नरिवलको बिरुवा रोपेको उनले स्मरण गरे । मार्क्सवाद पढेकाले पनि त्यतै लागेको उनले बताए  । 

एक वर्षपछि महालेखा कार्यालयको अफिस काठमाडौं सरेपछि उनको जागिर सकियो  । खरदार बनाइदिन्छौं भने पनि पढाइ छाडेर जान नसक्ने बताएको उनी स्मरण गर्छन् । त्यसपछि उनले टेलिफोन अफिसमा जागिर खाए । त्यहाँ ६ महिना जागिर खाए । परीक्षाको बेला भने उनले त्यो जागिर छाडिदिए । बीए पास गरेपछि कानुन आदर्शमै विषय पढाइ हुन थालेको थियो ।

त्यही विद्यालयमा नेपाली पढाउने शिक्षक चाहियो भनेर विज्ञापन खुल्यो । उनले तेस्रो जागिर विद्यालयमा खाए । उनको तलब २१७ रुपैयाँ थियो । त्यहाँ कलेजको फी घटाउने आन्दोलन भयो । त्यो आन्दोलनमा उनी पनि सहभागी भए । वार्ता समितिमा पनि पोख्रेललाई राखियो । तर, उनको जागिर भने रहेन । 

सेवाको आवश्यकता नभएको भनेर निकालिएको उनी सम्झन्छन् ।  अन्तिम दिन विद्यार्थीलाई धन्यवाद दिएर बिदा भए । ‘विद्यार्थीले कृष्ण सरलाई पुनर्बहाली गर भनेर आन्दोलन गरेछन् । विराटनगरका सबै विद्यालयका विद्यार्थी  भेला भएछन्  । विद्यालय प्रशासनले छोरा छोरीलाई घर बाहिर निस्कन नदिनु भनेर माइकिङ नै गर्नु परेको थियो,’ उनी भन्छन् । 

त्यसपछि उनी ६ महिना जेल परे । ४ सय जति विद्यार्थी पनि पक्राउ परेका थिए । विद्यार्थीलाई राख्दा विराटनगरका कुनै गोदाम खालि नभएको उनले बताए ।  आफूलाई राखेकै कोठाको अर्काेपट्टि विद्यार्थी रहेछन् । ‘उनीहरूलाई ओछ्याउन दिएका लुगाहरू विद्यार्थीले जेलभित्र जलाइ दिएछन् । त्यतिबेला नेपाली सेनाले जेलमा सुरक्षा दिन्थ्यो । विद्यार्थी आगो सल्काएर नाच्न थालेछन् । सेनाको मेजर आएर तपाईकै विद्यार्थी हुन सम्झाइदिनु पर्‍यो हामीले सकेनौं भने,’ उनी सम्झन्छन्, ‘मैले सम्झाएपछि विद्याथीृले अब गर्दैनन् भने ।’

त्यसपछि घरका सबैले यहाँ नबसोस् भनेर काठमाडौंमा पठाएको उनले बताए । काठमाडौंमा कीर्तिपुर हाइस्कुलमा पनि पढाए । २०२८ सालदेखि उनी पढाउन थालेका थिए । उनले झापाको भद्रपुरस्थित एक विद्यालयमा पनि पढाए । सीपी मैनाली र युवराज खतिवडा उनका विद्यार्थी थिए । सीपीलाई पञ्चायतको विषयमा पढाउँदाको रमाइलो किस्सा उनले सुनाए । 

‘वर्गीय सङ्गठन भनेको दलहरू नभएको अवस्थामा दलमा लागेका मान्छे भुल्याउने हो भनेर मैले पढाउँदै थिएँ उनले त्यो त खैनी रहेछ होइन सर भने ?’ पोख्रेल सम्झिन्छन्, ‘कसरी ? भनेको चुरोटको तलतल मेटाउन गाउँघरतिर खैनी खाने भन्छन् नि त्यस्तै त रहेछ भनेर उदाहरण दिए ।’

संविधान सभामा समानुपातिक कोटाको बन्द सूचीमा उनको नाम थियो । तर, उनले आफू सक्रिय राजनीतिमा नआउने जवाफ दिए । ‘मैले माधव नेपाललाई फोन गरेर मेरो उच्च मूल्यांकन गर्नु भएकोमा धन्यवाद कमरेड ! म सक्रिय राजनीतिमा आउँदिन भनिदिए । प्रोफेसनल काम केही आइलाग्यो भने सम्झनुहोला भनेको थिएँ ।’

पछि झलनाथ खनालको पालामा उनलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति गरियो । झलनाथ पनि उनका विद्यार्थी हुन् । पोख्रेल एमए पढ्दा झलनाथ आइएस्सी पढ्थे । अहिले पनि झलनाथ खनालले सम्झने गरेको उनी बताउँछन् । 

झापा आन्दोलनपछि राजनीति छाडेको उनले बताए  । २०५१ सालमा एमालेको सरकार बन्दा बुद्धिजीवी अराजक भनेर गाली गर्ने गरेको उनले स्मरण गरे ।  ‘झन्डा बोकेर हिँडेन भनेर मलाई एमालेका कार्यकर्ताले खेदे,’ उनी सम्झन्छन् । धेरैलाई भएका पद खोसेर कृष्ण पोख्रेल बनाइदिन्छौ भनेर धम्काएको पनि उनी स्मरण गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्