०९ साउन २०८३, शनिबार

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

फागुन १२, २०८१
काठमाडौं
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि सोमबार दरखास्त आह्वान गरेको छ । 

सूचनाअनुसार इच्छुक उम्मेदवारले फागुन १८ गतेभित्र आवेदन दिन सक्नेछन् । 

आइतबारमात्रै उक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको थियो । 
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वको समितिमा सोही मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा. खोमराज खरेल छन्।

salt training

कमेन्ट गर्नुहोस्