२९ जेठ २०८३, शुक्रबार

चुम्बन विवादपछि उदित नारायण अर्को झमेलामा, जेठी श्रीमतीले हालिन् मुद्दा

फागुन १२, २०८१
काठमाडौं
चुम्बन विवादपछि उदित नारायण अर्को झमेलामा, जेठी श्रीमतीले हालिन् मुद्दा

सार्वजनिक मञ्चमा महिला प्रशंसकलाई चुम्बन गरेको विवादपछि चर्चित गायक उदित नारायण झा अर्को कानूनी झमेलामा परेका छन्। 

हालै उनकी जेठी श्रीमती रञ्जना झाले उनीविरुद्ध भरणपोषणको मुद्दा दायर गरेकी छन्। रञ्जनाले उदित नारायणले आफ्नो अधिकार खोसेको र सम्पत्ति हडपेको आरोप लगाएकी छन्। शुक्रबार उदित नारायण सुपौल परिवार अदालतमा उपस्थित भए, जहाँ उनले कुनै पनि सम्झौतामा सहमत हुन अस्वीकार गरे।

एनबीटीको एक रिपोर्टअनुसार, उदित नारायणले रञ्जना झामाथि बारम्बार पैसा लिने आरोप लगाएका छन्। यसअघि पनि रञ्जनाले बिहार महिला आयोगमा उजुरी दिएकी थिइन्। 

दुवै पक्ष यो मुद्दामा समझदारी गर्न पुगेका थिए। रिपोर्ट अनुसार, उदित नारायणले पहिले रञ्जनालाई महिनामा १५ हजार रूपैयाँ पठाइरहेका थिए पछि २०२१ मा बढाएर २१ हजार रूपैयाँ पुर्‍याइएको थियो ।

उदित नारायणले आफ्नो जेठी श्रीमतीलाई खेती गर्नका लागि एक खेत र एक घर दिएको बताएका छन् । जसको मूल्य करिब १ करोड रूपैयाँ रहेको बताइन्छ। पछि विहार महिला आयोगले पत्ता लगायो कि उदितले आफ्नी श्रीमतीलाई २५ लाख रूपैयाँका गहना र जग्गा दिएका थिए। तर, रञ्जनाले ती दुवै बेचेको आरोप लागेको छ।

रञ्जना भन्छिन्- उदितसँगै बस्न चाहन्छु
रञ्जनाले आफ्ना कानूनी प्रतिनिधिमार्फत् उमेर ढल्कँदै गएकाले अब आफ्नो श्रीमान्‌सँगै बस्न चाहेको बताएकी छन् । उनले जीवनको बाँकी समय उदित नारायणसँगै बिताउने इच्छा व्यक्त गरेकी छन् । 

सुनुवाइपछि रञ्जनाले सञ्चारमाध्यममा भनेकी थिइन्, उदितले उनलाई बेवास्ता गरे र उनले जमिन बेचिसकेपछि १८ लाख रूपैयाँ राखे । साथै, आफू मुम्बई गएका बेला उदित नारायणले घरमा गुण्डा पठाउने गरेको दाबी गरेकी छन् । 

उदित नारायण र रञ्जना झाले सन् १९८४ मा विवाह गरेका थिए। आरोपअनुसार, उदित नारायण चर्चित भएपछि उनले रञ्जनालाई एक्लै छोडिदिए। 

उनले रञ्जनालाई आफ्नो श्रीमतीको रूपमा स्वीकार गर्न पनि अस्वीकार गरे। रञ्जना लगातार आफ्नो हकका लागि लडिरहिन्। सन् २००६ मा उनले विहार महिला आयोगमा गुहार मागिन्। त्यसपछि उदितले उनलाई एक फ्ल्याट र केही सम्पत्ति दिने वाचा गरेका थिए, तर पछि दिएनन् । 

केही समय पहिले उदित चुम्बन प्रकरणमा विवादमा परेका थिए । उदित नारायणले आफ्नी एक महिला प्रशंसक लाई होठमा चुम्बन गरेका थिए। 

ती फ्यान उदितसँग सेल्फी लिन चाहन्थिन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो। यस अभद्र व्यवहारका कारण उदित नारायणको आलोचना भयो। सँगै, उनले यसअघि पनि अन्य महिला प्रशंसक र गायिकालाई चुम्बन गरेका भिडियो सार्वजनिक भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्