०३ असार २०८३, बुधबार

नेप्सेलाई फेरि २७८० को प्रतिरोध, अन्तिम घण्टा वृद्धि खुम्चिएर ७ अंकमा सीमित

फागुन १३, २०८१
काठमाडौं
नेप्सेलाई फेरि २७८० को प्रतिरोध, अन्तिम घण्टा वृद्धि खुम्चिएर ७ अंकमा सीमित

शेयर बजारमा मंगलबार झिनो अंकको वृद्धि देखिएको छ ।

२०८० आसपासमा अवरोध सामना गरिरहेको नेप्से ७.१३ प्रतिशत अंकले बढेर २७६५.८८ बिन्दुमा कायम भएको छ ।

२ बजेअघि २७८१.५९ बिन्दुमा पुगेको नेप्से त्यसपछिको सेलिङ प्रेसरले सिंगल डिजिटको वृद्धिमा सीमित भयो ।

मंगलबार कारोबार भएकामध्ये १०४ कम्पनीको शेयर मूल्य बढ्दा १३२ वटामा गिरावट आयो ।

अदर इन्डेक्समा सबैभन्दा बढी वृद्धि र ट्रेडिङ इन्डेक्समा सोही अनुपातमा गिरावट आउँदा अन्यमा नेप्सेकै अनुपातमा घटबढ भयो ।

लगानीकर्ता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रतीक्षामा रहँदा कारोबार रकममा पनि केही गिरावट आयो ।

अघिल्लो दिन ११ अर्ब नाघेको कारोबार रकम मंगलबार ९ अर्ब ९० करोडमा सीमित भएको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार अपराह्न मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्