
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ४९ दशमलव १५ अंकले वृद्धि भई २ हजार ८१५ दशमलव ०४ अंकमा पुगेको छ । यो १ दशमलव ७७ प्रतिशतको वृद्धि हो । यसले लगानीकर्तामा सकारात्मक संकेत दिएको छ ।
आजको कूल कारोबार रकम ११ अर्ब ३९ करोड रूपैयाँ नाघेको छ भने २ करोड ६१ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएका छन् । बजारमा १८६ कम्पनीका सेयर मूल्य बढेका छन् भने ५२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आजको कारोबार अवधिमा नेप्से प्रारम्भमा तीव्र उछाल आए पनि केही समय दबाबमा परेर स्थिर जस्तो देखिएको थियो । तर, मध्यान्हपछि सुधार हुँदै परिसूचक २८२० नजिक पुगेर बन्द भएको हो ।
लगानीकर्ताहरूले सेयर बजार सुधारको संकेतका रूपमा हेर्दै गर्दा वित्तीय क्षेत्रको स्थायित्व, बैंकको तरलता सहजता र सकारात्मक बजार धारणा यस वृद्धिको प्रमुख कारण रहेको बताइन्छ ।