२४ जेठ २०८३, आइतबार

ओस्कार विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती मृत भेटिए

फागुन १६, २०८१
काठमाडौं
ओस्कार विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती मृत भेटिए

ओस्कार विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान र उनकी श्रीमती बेट्सी अराकावा मृत फेला परेका छन् ।

९५ वर्षीय जीन आफ्नी श्रीमती ६४ वर्षीया बेट्सीसँग न्यू मेक्सिकोको सान्ता फेमा रहेको घरमा बस्थे। जीनको फिल्मी करियर छ दशकभन्दा बढी लामो छ।

आफ्नो फिल्मी करियरमा उनले दुई एकेडेमी अवार्ड, दुई बाफ्टा अवार्ड, चार गोल्डेन ग्लोब अवार्ड र एक स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेका छन् ।

उनीहरूसँगै कुकुर घर पनि मृत भेटिएको छ । अनुसन्धान जारी भए पनि घटनास्थलमा कुनै किसिमको अपराध भएजस्तो नदेखिएको त्यहाँको प्रहरीले जनाएको छ । 

ह्याकम्यानले १९७१ को थ्रिलर फिल्म 'द फ्रेन्च कनेक्सन'का लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। योसँगै उनले सन् १९९२ मा आएको फिल्म ‘अनफर्गिभन’का लागि सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते ।

salt training

कमेन्ट गर्नुहोस्