
२८ सयको मनोवैज्ञानिक अवरोध तोडेको शेयर बजारमा आइतबार निकै ठूलो उत्साह देखिएको छ ।
नेप्से परिसूचक ७५.२४ अंकले बढ्दा १४ अर्ब २५ करोडको कारोबार भएको छ । आइतबार कारोबारमा आएकामध्ये १९६ कम्पनीको शेयर मूल्य बढ्दा ४४ वटामा गिरावट आएको छ । अन्य ४ वटामा कुनै पनि परिवर्तन भएन ।
समूहगत रूपमा म्यानुफ्याक्चर, लाइफ इन्स्योरेन्स, होटल र फाइनान्स समूहमा ४ प्रतिशत माथिको वृद्धि देखियो । म्युचुअल फन्डमा गिरावट आउँदा अन्य सेक्टरमा पनि नेप्सेकै औसतमा वृद्धि भएको छ ।
हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र गर्डियन माइक्रो लाइफ इन्स्योरेन्समा १० प्रतिशतको वृद्धि देखिँदा एनआरआईसी र एचआरएलमा सबैभन्दा बढी कारोबार भएको छ ।
यति ठूलो वृद्धिमा पनि समाज लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ । ग्रामीण विकास लघुवित्तसँग मर्जरको निर्णयले समाजमा गिरावट आएको हो ।