२६ असार २०८३, शुक्रबार

महिन्द्रा केयर फेस्ट २०८१ आजबाट शुरू

फागुन १८, २०८१
काठमाडौं
महिन्द्रा केयर फेस्ट २०८१ आजबाट शुरू

महिन्द्रा केयर फेस्ट २०८१ आजबाट शुरू भएको छ ।

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट शुरू गरेको हो ।

कलाकार निर्मल शर्मा, अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदासताशा श्रेष्ठ, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एन्ड महिन्द्रा (चैतन्य कगलकारद्वारा महिन्द्रा एन्ड महिन्द्रा तथा अग्नि ग्रुपका प्रतिनिधिहरूका साथसाथै अन्य माननीय अतिथि र ग्राहकवर्गहरूको उपस्थितिमा फेस्टको उद्‌घाटन गिएको थियो ।

यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री वासिङ, फ्री हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १०% छुट, स्पेयर पार्टसमा ५०% सम्मको छुट, १०% विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरूको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ ।

महिन्द्राका ग्राहकवर्गले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सकिनेछ ।​

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमा झैँ ग्राहकहरूको उल्लासमय सहभागिता रहने अपेक्षा कम्पनीको छ ।

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ । महिन्द्राका सर्टिफाइड Pre–Owned गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि रहेको कम्पनीले जनाएको छ।

यो सेवा काठमाडौं, भैरहवा, इटहरी, पोखरा र चितवन शाखामा उपलब्ध छ ।

साथै, ग्राहकहरूले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्री नम्बरहरू १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल)मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्