०८ साउन २०८३, शुक्रबार

कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

फागुन १९, २०८१
काठमाडौं
कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

कुमारी बैंक लिमिटेड र काठमाडौंको बालुवाटारमा रहेको टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन् ।

कुमारीका ग्राहकहरूले प्यथोलोजी टेस्टमा १० प्रतिशत, MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram (OPG)  and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram मा ५ तथा फार्मेसीमा ५ देखि १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ ।

यस्तै, देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइमार्फत बैंकले अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्