२९ जेठ २०८३, शुक्रबार

बुधबार भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

फागुन २१, २०८१
काठमाडौं
बुधबार भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

पर्वत र अर्घाखाँचीमा बुधबार भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

पर्वतको विहादी गाउँपालिका-६ सुशिलढुङ्गामा गुल्मीबाट स्याङजातर्फ जाँदै गरेको लु १ ज ४४६० नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुधबार बिहान दुर्घटना हुँदा जीपमा सवार विहादी गाउँपालिका-३ रानीपानी बस्ने ६१ वर्षीय मीनप्रसाद न्यौपाने र गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट बस्ने ६४ वर्षीय डिल भट्टचनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै, दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य ७ जनालाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका-२ कुभिन्डेमा बुटवलबाट अर्घाखाँचीतर्फ आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जीप बुधबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सोही गाउँपालिका-२ बस्ने ५१ वर्षीय कृष्ण लाल मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको हो । 

कमेन्ट गर्नुहोस्