१० साउन २०८३, आइतबार

आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छ- महासंघ अध्यक्ष ढकाल

फागुन २७, २०८१
काठमाडौं
आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छ- महासंघ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथाको मंगलबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन् । 

उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको समेत बताए । 

ढकालले उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भरता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको बताए ।

‘हाम्रो समाज शृंगार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरूको लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो । सौन्दर्यकलालाई पेशा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अंगमा रूपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठूलो योगदान रहेको छ’, ढकाललेभ ने ।

अठोटसहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रूपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्नो व्यवसायको माध्यमबाट हजारौंलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैंमा चुनौतीपूर्ण र महत्त्वपूर्ण कार्य भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य  महासंघका पूर्वअध्यक्ष भवानी राणाले महिला उद्यमशीलता तथा महिला सशक्तिकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताइन् ।

महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल ,ज्योस्ना श्रेष्ठ र महासंघका पूर्वउपाध्यक्ष भास्कर राज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेहरूका लागि प्रेरणाको स्रोत भएको बताए ।

पद्मकन्या विद्याश्रमका प्राचार्य रीता तिवारीले उनीसँगको सहकार्यबाट विद्यालयमा सौन्दर्य कला विषय अध्यापन भइरहेको जानकारी दिइन् । 

पुस्तक विमोचन कार्यक्रममा बोल्दै पुस्तक लेखिका श्रेष्ठले यो पुस्तकबाट उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि पनि मार्गशर्दश गर्ने अपेक्षा राखेको बताइन् । 

उनले यो आफ्नो आत्मकथा भन्दा पनि उद्दमशीलताको कथा भएको बताइन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महिला उद्यम समितिका सभापति समेत रहेकी सौन्दर्यविद् श्रेष्ठका आत्मकथामा ६ वटा खण्ड र ६५ वटा विभिन्न शीर्षकमा लेख समावेश रहेको लेखन कुन्जका सञ्चालक कमल ढकालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्