२५ असार २०८३, बिहीबार

टिकट सकिएपछि सिड्नीमा नेपथ्यको शो थपियो

फागुन २८, २०८१
काठमाडौं
टिकट सकिएपछि सिड्नीमा नेपथ्यको शो थपियो

कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी शहरका लागि उत्तिकै क्षमताको दोस्रो शो घोषणा गरेको छ ।

अस्ट्रेलियाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्य आगामी चैत १६ (मार्च २९) मा सिड्नीस्थित ‘होर्डन पभिलियन’मा प्रस्तुत हुँदै थियो । अब भने अर्को दिन अर्थात् चैत १७ (मार्च ३०) मा पनि नेपथ्य त्यसै हलमा उपस्थित हुनेछ ।

राजधानी क्यानबेराबाट महिना दिन लामो शृंखलाबद्ध यात्रा शुरू गरेको नेपथ्यले पर्थमा दोस्रो कन्सर्ट गरिसकेको छ ।

null

दुवै शहरमा भएको कन्सर्टको चर्चासँगै सिड्नीमा टिकटको माग बढेको थियो । सिड्नीका लागि भएभरका टिकट निकै अगाडि बिक्री भइसकेपछि स्थानीय आयोजक टीआरएन इभेन्ट्स र नेपथ्यलाई व्यवस्थापन गर्दै आएको संस्था नेपालयले थप शो घोषणा गरेका हुन् ।

नेपालयले यसलाई आफूहरूले नेपाली संगीत क्षेत्रकै निम्ति सुखद् खबरका रूपमा लिएको जनाएको छ । कार्यक्रम आयोजनाको व्यवस्थापकीय चुनौती उल्लेख गर्दै नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कलाकारको लोकप्रियता र दर्शकको मागको समीकरण आकलन गर्दै कस्तो र कति क्षमताको स्थानमा कन्सर्ट गर्ने भन्ने चुनौती रहने गर्छ । त्यसै आधारमा आयोजनास्थलबारे व्यवस्थापकीय निर्णय लिनुपर्ने हुन्छ ।’

नेपथ्य आगामी प्रस्तुतिका लागि ब्रिसबेन पुगिसकेको छ । यसपछि क्रमशः होबार्ट, एडिलेड र मेलबर्न शहरमा आफूलाई उभ्याएर ब्यान्ड सिड्नी पुग्नेछ ।

null

salt training

कमेन्ट गर्नुहोस्