१६ असार २०८३, मंगलबार

केआर इभेन्ट्सले घोषणा गर्‍यो रङ्ग र रमाइलोको उत्कृष्ट उत्सव ‘होली फिएस्टा’

फागुन २८, २०८१
काठमाडौं
केआर इभेन्ट्सले घोषणा गर्‍यो रङ्ग र रमाइलोको उत्कृष्ट उत्सव ‘होली फिएस्टा’

केआर इभेन्ट्सले बहुप्रतीक्षित होली कार्यक्रम ‘होली फिएस्टा–ड्राइभ इनटु कलर्स’ को घोषणा गरेको छ। 

यो भव्य रङ्गहरूको उत्सव २०२५ मार्च १३, बिहीबार, होटल सान्वी, बौद्धमा बिहान ११ बजेबाट शुरू हुनेछ।

होली फिएस्टा संगीत, मनोरञ्जन र चाडपर्वहरूको जीवन्त मिश्रण हुनेछ । जसमा प्रत्यक्ष संगीत, डीजे सेसन, पूल पार्टी, बच्चाहरूका लागि विशेष पूल जोन, लक्की ड्र, लाइभ खाना तथा पेय स्टलहरू, रमाइला खेलहरू र अन्य मनोरञ्जनात्मक गतिविधिहरू समावेश हुनेछ इभेन्ट्सले जनाएको छ ।

साथै, पर्याप्त पार्किङ सुविधाले सहभागीहरूलाई सहज अनुभव प्रदान गर्ने आयोजकको भनाइ छ । यो कार्यक्रमलाई अझ रमाइलो र सहज बनाउन टिकट मूल्य सुलभ राखिएको छ । जसअनुसार अर्लि बर्ड टिकट ३५०, साधारण टिकट ५०० रूपैयाँ र ८ वर्षमुनिका बालबालिकाहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। 

टिकट खल्ती एपमार्फत् सहज रूपमा किन्न सकिने बताइएको छ । 

कार्यक्रम अवधिभर एरा इन्टरनेशनल अस्पतालले चिकित्सा सहायता उपलब्ध गराउनेछ, जसले सबै अतिथिहरूको सुरक्षा र सुव्यवस्था सुनिश्चित गर्नेछ।

रङ्ग, संगीत र नन-स्टप रमाइलोसँग भरिएको एक अविस्मरणीय दिन हुने इभेन्ट कम्पनीले जनाएको छ।

केआर इभेन्ट्स इभेन्ट म्यानेजमेन्ट कम्पनी हो। अविस्मरणीय अनुभवहरू सिर्जना गर्ने उद्देश्यका साथ केआर इभेन्ट्स महोत्सव, कर्पोरेट कार्यक्रम, कन्सर्ट र थीम पार्टीहरूमा विशेषज्ञता राख्छ । 

उत्कृष्ट व्यवस्थापन र सहज कार्यान्वयनका लागि कम्पनीले इभेन्ट प्लानिङ र मनोरञ्जनमा नयाँ मापदण्ड कायम गर्दै आइरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्