२७ जेठ २०८३, बुधबार

मातातीर्थको निर्माणाधीन पार्कको पोखरीमा डुबेर बालिकाको मृत्यु

चैत ३, २०८१
काठमाडौं
मातातीर्थको निर्माणाधीन पार्कको पोखरीमा डुबेर बालिकाको मृत्यु
फाइल तस्वीर ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मातातीर्थस्थित निर्माणाधीन पार्कमा रहेको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

सोही ठाउँ डेरा गरी बस्ने सल्यान कालिमाटी गाउँपालिका-४ घर भएका घनश्याम थापाकी छोरी ५ वर्षीया पूर्णिमा थापाको शनिबार बेलुकी मृत्यु भएको हो । 

डुबेर अशक्त भएकी उनको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उता, बाँकेको नरैनापुरमा पनि नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

नरैनापुर गाउँपालिका-६ गंगापुर बस्ने पल्टु बर्माको छोरा १३ वर्षीय रवि बर्माको सोही ठाउँस्थित राप्ती नदीमा डुबेर शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्