१२ साउन २०८३, मंगलबार

सोमबार ओरालो लाग्यो नेप्से परिसूचक, दोहोरो अंकको गिरावट

चैत ४, २०८१
काठमाडौं
सोमबार ओरालो लाग्यो नेप्से परिसूचक, दोहोरो अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा सामान्य गिरावट आएको छ । 

नेप्सेमा सोमबार शून्य दशमलव ३७ प्रतिशत गिरावट देखिएको हो ।  सेयर बजार सोमबार २,७०४ दशमलव ७० विन्दुमा बन्द भयो । 

कूल कारोबार रकम ५ अर्ब ४० करोड रूपैयाँभन्दा बढी रहेको छ भने कूल ९३ लाख ३५ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको छ । 

सोमबार ८५ कम्पनीको सेयर मूल्य बढ्यो भने १४५ कम्पनीको सेयर ओरालो लागेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । 

बजार खुलेपछि पहिलो सत्रमा नेप्से परिसूचकले उल्लेख्य वृद्धि गरेको थियो । तर, दोस्रो सत्रपछि ओरालो लाग्दै बजार समग्रमा घट्ने क्रममा रह्यो ।

salt training

कमेन्ट गर्नुहोस्