
अलपत्र अवस्थामा रहेको धनुषाको जनकनन्दनी गाउँपालिका–४, खजुरीस्थित रेल कारखानामा तत्कालीन जयनगर–जनकपुरधाम–बिजलपुरा रेलमार्गमा कोइलाबाट सञ्चालन भएको ऐतिहासिक स्टिम ‘छुकछुके’ रेलको ‘सीता–राम’ नामक इन्जिन ।
वर्षौंदेखि अलपत्र अवस्थामा थन्क्याइएको सीता राम इन्जिनलगायत गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामक इन्जिनहरू खिया लागेर जीर्ण बन्दै गएका छन् । पर्यटन प्रवर्द्धनका लागि यी रेलका इन्जिनलाई सङ्ग्रहालय बनाएर संरक्षण गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् । तस्वीर : अमरेन्द्रकुमार यादव/रासस