![९ महिनापछि पृथ्वीमा फर्किए अन्तरिक्ष यात्री बुच र सुनी [भिडियो]](https://lktcdn2.prixacdn.net/media/111_cySIUekbl9.webp)
अमेरिकी अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विलमोर ९ महिना १४ दिनपछि पृथ्वीमा फर्किएका छन् । उनीहरूसँगै क्रु–९ का दुई थप अन्तरिक्ष यात्री निक हेग र अलेक्ज्याण्डर गोर्बुनोभ पनि पृथ्वीमा फर्किएका हुन् ।

उनीहरूको अन्तरिक्ष यान बुधबार बिहान फ्लोरिडाको तटबाट अवतरण भएको हो । यी चार अन्तरिक्ष यात्रीहरू मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट प्रस्थान गरेका थिए ।
नियमित चिकित्सा जाँचको लागि स्ट्रेचरमा लगिँदै गरेका बेला उनीहरू हात हल्लाउँदै र मुस्कुराएको बीबीसीले जनाएको छ । विल्मोर र सुनीले अन्तरिक्षमा प्रक्षेपण गर्दा अपेक्षा गरिएको भन्दा २७८ दिन बढी अर्थात् २८६ दिन बिताए । उनीहरूले पृथ्वीलाई ४ हजार ५७६ पटक परिक्रमा गरेको एपीले जनाएको छ ।
ड्र्यागन क्याप्सुल छुट्टिएर समुन्द्रमा अवतरण गर्न करिब १७ घण्टा लागेको समाचारमा उल्लेख छ ।
सुनी र बुच नासाको ८ दिने संयुक्त 'क्रू फ्लाइट टेस्ट मिसन' मा गएका थिए । मिशनको उद्देश्य बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशन र पछाडि लैजान सक्ने क्षमताको परीक्षण गर्नु थियो ।
अन्तरिक्ष यात्रीहरूले पनि ८ दिनमा अन्तरिक्ष स्टेशनमा अनुसन्धान र धेरै प्रयोगहरू गर्नुपरेको थियो। तर एक थ्रस्टर खराबीपछि उनीहरूको मिसन ९ महिनासम्म अड्किएको थियो ।
यो पनि
मंगलबार पृथ्वीतर्फ फर्किरहेका सुनी र बुचले अन्तरिक्षमा खेलेका थिए तास
Splashdown confirmed! #Crew9 is now back on Earth in their @SpaceX Dragon spacecraft. pic.twitter.com/G5tVyqFbAu
— NASA (@NASA) March 18, 2025