१० साउन २०८३, आइतबार

बुवा जिल्ला अध्यक्षमा हारे, छोराले स्ववियु सभापति जिते

चैत ६, २०८१
विराटनगर
बुवा जिल्ला अध्यक्षमा हारे, छोराले स्ववियु सभापति जिते

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मोरङको सुन्दरहरैचास्थित सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । ओझाले नेविसंघका विजयी ओझालाई हराउँदै निर्वाचित भएका हुन् ।

एलिसले ९८५ मत पाउँदा विजयले ६८६ मत मात्रै पाए । क्याम्पसमा वामगठबन्धन बनाएर चुनाव भएको थियो । सचिवमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका रोहन खत्री निर्वाचित भए । खत्रीले ९१९ मत पाउँदो नेविसंघका अर्जुन दाहालले ८४१ मत पाए । 

मोरङका ४ वटा क्याम्पसमा जीत निकालेको अखिल क्रान्तिकारी सुकुनामा भने पराजित भएको छ । क्रान्तिकारीले वाम गठबन्धनबाट कोषाध्यक्षमा उम्मेदवारी दिएको थियो । क्रान्तिकारीका अनिष पौडेलले ८३४ मत पाएमात्रै पाए भने नेविसंघकी सविना थापा ९२४ मत पाएर विजयी भइन् ।  

२०४८ देखि हालसम्म यो क्याम्पसमा वामपन्थीले जित्दै आएको छ । एक पटक एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको अनेरास्ववियुले जितेको थियो ।  गत निर्वाचनमा अनेरास्ववियुबाट सन्तोष लिम्बुले जितेका थिए । 

यस अगाडि यज्ञ सुवेदी, राजकुमार ओझा, गोपाल श्रेष्ठ जेवि थुलुङ, भुपाल बस्नेत बद्री अर्याल सन्तोष लिम्बू सभापति भइसकेका छन् । अहिलेसम्म भएका चुनावमध्ये नेविसंघले सुकुनामा यसपटक सबैभन्दा बढी मत ल्याएको नेताहरूले बताएका छन् । 

एसिल नेकपा (एमाले) मोरङको १०औं जिल्ला अधिवेशनमा पराजित राजकुमार ओझाका छोरा हुन् । बाबुले जिल्ला अध्यक्षमा जीत निकाल्न नसक्दा छोराले जीत निकालेका हुन् । 

राजकुमार पनि यो क्याम्पसमा तीन पटक स्ववियु सभापति भएका थिए । यहाँ वामगठबन्धन बनाएर चुनाव भएको थियो । सचिवमा एकीकृत समाजवादी निकट अनेरास्ववियुका रोहन खत्री निर्वाचित भएका छन् । 

अन्य क्याम्पसमा जीत निकालेको अखिल क्रान्तिकारी सुकुनामा भने पराजित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्