२८ जेठ २०८३, बिहीबार

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

चैत ६, २०८१
काठमाडौं
नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सहकार्य गर्दै र युरोपियन युनियनको एक्सिस (ACSIIS) कार्यक्रमको सहयोगमा तीन दिने तालिम सञ्चालन गरेको छ । 

तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू; ऊर्जा, कृषि व्यवसाय, र एसमई (साना तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।

नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा ईएसजी (पर्यावरणीय, सामाजिक र सुशासन) अभ्यासलाई समाहित गर्न जोड दियझ ।

जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने बैंकले जनाएको छ । आईएफसीका विशेषज्ञ र स्थानीय परामर्शदाताबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासबारे गहिरो ज्ञान हासिल गर्न एनएमबि बैंकका व्यवसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृतहरू र ग्राहक गरी ९० जना सहभागी भए ।

उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको छ । 

यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसका ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९  एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्