२८ जेठ २०८३, बिहीबार

सामसङ ग्यालेक्सी ए५६ फाइभजीको प्रि-अर्डर खुला, कति पर्छ मूल्य ?

चैत ८, २०८१
काठमाडौं
सामसङ ग्यालेक्सी ए५६ फाइभजीको प्रि-अर्डर खुला, कति पर्छ मूल्य ?

सामसङ नेपालले पहिलोपटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर खुला गरेको छ।

आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी A56 5G प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । 

ग्यालेक्सी A56 5G ले पहिलोपटक 'Awesome Intelligence' सहितको AI अनुभव ल्याएको छ। One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली AI टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको छ। साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने 'ग्यालेक्सी A श्रृंखलामा सामेल भएको नयाँ Awesome Intelligence ले हाम्रो ‘AI for All’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।'​

विशेष प्रि-अर्डर अफरहरू:

  • २ हजार रुपैयाँ तिरेर ग्यालेक्सी A56 5G प्रि-अर्डर गर्न सकिनेछ।

  • प्रि-अर्डर गर्ने ग्राहकहरूले ७,९९९ मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल ३,९९९ मा प्राप्त गर्ने अवसर पाउनेछन्।

12GB RAM + 256GB स्टोरेजको ७० हजार ९९९ र ​8GB RAM + 256GB स्टोरेजको ६५,९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।​

साथै A56 5G Awesome Graphite, Awesome Light Gray र Awesome Olive मा उपलब्ध छ ।

‘SabkoPhone’ र ‘ArkoStore’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी A56 5G मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको  छ। ​​

सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा 0% ब्याजदरमा सजिलो EMI योजनामा पनि उपलब्ध छ । प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्