०८ साउन २०८३, शुक्रबार

ग्लोबल मनी वीक : माछापुच्छ्रे बैंकले गर्‍यो विद्यार्थीसँग अन्तरक्रिया

चैत १२, २०८१
काठमाडौं
ग्लोबल मनी वीक : माछापुच्छ्रे बैंकले गर्‍यो विद्यार्थीसँग अन्तरक्रिया

माछापुच्छ्रे बैंक लिमिटेडले 'ग्लोबल मनी वीक- २०२५' को अवसरमा विद्यार्थीहरूसँग अन्तरक्रिया गरेको छ । वित्तीय साक्षरता जगाउने उद्देश्यले विद्यार्थीसँग अन्तरक्रिया गरिएको बैंकले जनाएको छ ।

यही मार्च १७ देखि २३ तारिखसम्म परेको ग्लोबल मनी वीकको अवसरमा देशभरका शाखा कार्यालयमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय स्कूल, कलेजसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरेको थियो ।​ 

माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न माध्यममार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको थियो । 

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा  १६५ वटा शाखा, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्स्टेन्सन काउण्टर र २०४ वटा एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्