२५ असार २०८३, बिहीबार

लुम्बिनी विकास कोषका विद्युतीय गाडीको नम्बरप्लेट हरियो बनाउन उच्च अदालतको परमादेश

चैत १२, २०८१
बुटवल
लुम्बिनी विकास कोषका विद्युतीय गाडीको नम्बरप्लेट हरियो बनाउन उच्च अदालतको परमादेश

लुम्बिनी विकास कोषमा आएका विद्युतीय गाडीलाई सेतोबाट हरियो नम्बरप्लेट बनाउन लुम्बिनी प्रदेश सरकार, यातायात व्यवस्था मन्त्रालयको नाममा उच्च अदालतले परमादेश जारी गरेको छ । 

एसियाली विकास बैंकले ग्रिन इनर्जी फण्डबाट प्रदान गरेका ५ बस र १४ वटा भ्यान गरि १९ विद्युतीय गाडीमा एक महिनाभित्र सेतो नम्बरप्लेटबाट पर्यटक सवारी बोक्ने हरियो नम्बरप्लेटमा परिवर्तन गर्न यातायात व्यवस्था मन्त्रालयलाई अदालतले परमादेश जारी गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको इजलासले सोमबार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले सेतो नम्बरप्लेटबाट हरियो नम्बरप्लेट बनाई पर्यटक सेवाका लागि सञ्चालन गर्न परमादेश जारी गरेको हो । 

तराई मधेश मानव अधिकार गृह (माहुरी होम)का तर्फबाट राम विकास चौधरीले रिट दायर गरेका थिए । निवेदकको तर्फबाट अधिवक्ताहरू रेशम अधिकारी र बाबुराम भुसाल तथा विपक्षीका तर्फबाट महान्यायाधिवक्ता यमलाल खनाल, वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले बहस गरेका थिए । 

उत्प्रेषण रिट खारेज गरेपनि अदालतले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमति, लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सार्वजनिक लेखा समितिबाट २०८१ जेठ ६ मा प्रदेश सरकारलाई निर्देशन भएको थियो । तर, यति हुँदा पनि यातायात व्यवस्था कार्यालय बुटवलले नम्बरप्लेट परिवर्तन नगरेपछि २ वर्षदेखि बस सञ्चालनमा आउन सकेको थिएन ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ को भाग १ को खण्ड ख बमोजिम हरियो प्लेटमा परिवर्तन गर्न सकिने कानूनी मार्ग उपलब्ध रहिरहेको हुँदा सोही मार्ग अवलम्बन गरि एक महिनाभित्र उक्त सवारीहरूलाई हरियोप्लेटमा परिवर्तन गरी सञ्चालनमा ल्याउन परमादेश जारी हुने ठहर्छ’, परमादेशमा भनिएको छ ।  

उक्त विद्युतीय बस सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा सञ्चालन गठन गरेको कार्यदलले २०७९ सालमै प्रतिवेदन र कार्यविधिको मस्यौदा तयार पारिसकेको थियो । 

नम्बर प्लेटको समस्या समाधान नभएकोले कार्यविधि लागू हुन सकेको थिएन । यो परमादेशसँगै अब कोषलाई नम्बर परिवर्तन गरी सञ्चालनका लागि बाटो खुलेको छ ।  कोषले केही समययता  दानपात्र राखेर २ वटा बस सञ्चालनमा ल्याएको छ । यो परमादेशले विद्युतीय बस तथा भ्यान बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकहरूको सेवामा सञ्चालनका लागि बाटो खोलिदिएको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्