२९ जेठ २०८३, शुक्रबार
प्राधिकरणमा नयाँ नेतृत्व

प्राधिकरणको वित्तीय अवस्था सार्वजनिक गर्छु, लोडसेडिङ कुनै हालतमा हुन दिन्नँ- शाक्य [भिडियो अन्तर्वार्ता]

चैत १४, २०८१
काठमाडौं

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको विषयलाई लिएर यतिबेला सर्वत्र चर्चा चलेको छ । 

सर्वसाधारणको घरमा पुनः लोडसेडिङ हुने हल्ला फिँजाइएको छ भने घिसिङको बर्खास्तीलाई लिएर प्रतिपक्षी दल र राजतन्त्रवादीहरू सडकमा ओर्लिएका छन् । संघीय संसद्को दुवै सदनमा यसबारे सरकारको जवाफ खोजिएको छ । 

विद्युत प्राधिकरणको आर्थिक अवस्था जर्जर भएको, भारतले आपूर्ति रोकिदिएको र कुलमान घिसिङको बर्खास्तीलाई राजनीतिक मुद्दा बनाइएको अवस्थामा शाक्यले दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशकको कुर्सी सम्हालेका छन् ।

लोकान्तरका ईश्वर अर्यालले यिनै समसामयिक विषयलाई लिएर शाक्यसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा शाक्यले सर्वसाधारणको घरमा कुनै हालतमा लोडसेडिङ नहुने र लोड व्यवस्थापनमार्फत् उद्योगमा जाने विद्युत पनि विस्तारै बढाइने प्रतिवद्धता व्यक्त गरे । 

उनले प्राधिकरणको अवस्थाबारे छर्लङ्ग पार्न श्वेतपत्र जारी पनि गरिने बताए । शाक्यले अहिले निकै पेचिलो बनेको डेडिकेटेड र ट्रंकलाइनको विवाद छिट्टै समाधान गर्ने प्रयास आफ्नो रहने समेत बताएका छन् । 

प्रस्तुत छ शाक्यसँगको भिडियो कुराकानी: 


 

salt training

कमेन्ट गर्नुहोस्