![भिडियो खिच्दाखिच्दै पत्रकारको मृत्यु भएको घटना र राजावादीको अराजक आन्दोलनबारे लोकान्तर बहस [भिडियो]](https://lktcdn2.prixacdn.net/media/486379217_986623783445657_6324057291846468839_n_jkyDUAES6Q.png)
राजसंस्था फर्काउन भन्दै दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रवार काठमाडौँको तीनकुनेमा भएको आन्दोलनका क्रममा २ जनाको मृत्यु भयो । कयौँ घाइते भए भने करोडौँको धनमालको नोक्सानी भयो ।
राजावादीको प्रदर्शनले हिंसात्मक रूप लिएपछि काठमाडौँको तीनकुने क्षेत्र रणमैदान जस्तो बन्न पुग्यो । आन्दोलनको समाचार सङ्कलनका लागि गएका एभीन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्यु भयो । आन्दोलनकारीले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा गरे भने पत्रकार दिनेश गौतमलाई आक्रमण गरेका छन् ।
राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईँले प्रहरी घेरा तोडेर सुरु भएको प्रदर्शनले हिंसाको रूप लिँदा तिनकुने क्षेत्रका घरमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीको आवरणमा डिपार्टमेन्ट स्टोरमा लुटपाट मच्चियो ।
तीनकुनेमा हिंसा भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर जबरा पक्राउ परेका छन् । शुक्रवार दिनभर भएको हिंसात्मक घटना सम्बन्धमा लोकान्तर डट्कमको सम्पादकीय टिमले बहस गरेको छ ।
दिनभर फिल्डबाट रिपोर्टिङ गरेकी मल्टिमिडिया संयोजक शिखा श्रेष्ठले समाचार कक्षमा बहस गराएकी थिइन् ।
शुक्रवार दिनभर तीनकुने क्षेत्रमा के भयो ? शुक्रवारको प्रदर्शनलाई कसरी बुझ्ने ? अब सरकार र राजनीतिक दलले कस्तो रणनीति अपनाउनु पर्छ ?
हेर्नुहोस् लोकान्तरको सम्पादकीय टिमबिच भएको भिडियो बहस: