![टुँडिखेलमा मनाइयो घोडेजात्रा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Ghodejatra_Tudikhel_5_zI0fleTr7a.jpeg)
काठमाडौंमा टुँडिखेलमा घोडेजात्रा पर्व मनाइएको छ ।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको उपस्थितिमा विभिन्न कार्यक्रमसहित सैनिक मञ्च, टुँडिखेलमा घोडेजात्रा समारोह २०८१ सम्पन्न भएको हो ।
समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो-जम्पका साथै सैनिक डगहरूको कला प्रदर्शन समावेश गरिएको थियो ।
समारोहमा राष्ट्रपति पौडेलले सो-जम्पमा प्रथम र द्वितीय हुने अमलदार पर्शुराम बुढामगर र सिपाही अरुण थापा तथा टेन्ट पेगिङ्गमा प्रथम र द्वितीय हुने जमदार शेषराज खड्का र सिपाही लक्ष्मण रावललाई पुरस्कार प्रदान गरे ।
त्यस अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख उपस्थित थिए ।
यस्तै, मन्त्रीहरू, विभिन्न संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव, अन्य सुरक्षा निकायका प्रमुख, महामहिम राजदूत, विभिन्न मुलुकका सैनिक सहचारीलगायतको पनि उपस्थिति थियो ।


















