१६ असार २०८३, मंगलबार

पाटनमा एउटा मात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा [फोटोफिचर]

चैत १६, २०८१
ललितपुर
पाटनमा एउटा मात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा [फोटोफिचर]

काठमाडौंमा सामूहिक रूपमा टुँडिखेलमा घोडा कुदाएर घोडेजात्रा मनाइरहँदा ललितपुरमा भने एउटा मात्र घोडा कुदाएर फरक शैलीमा घोडेजात्रा मनाइएको छ ।

ललितपुर वल्खु टोलका स्थानीयले घोडा सवारी गरेर मन्दिर दर्शन गर्ने पुरानो प्रचलन छ । त्यसबेला घोडा चढ्न पाउने अधिकार ललितपुर महानगरपालिका–१२ वडा, वल्खु टोलका स्थानीय गुठीका सदस्यलाई मात्रै दिइएको थियो । 

मल्ल राजा शिवसिंहको पालामा वल्खु टोलका एक महर्जन थरका व्यक्ति दरबारमा घोडा स्याहार गर्ने काम गर्ने गरेको र राजाले पछि आफ्नो खड्ग र घोडा उपहार दिएर उनलाई बिदाइ गरेको कथन पाइन्छ ।

अर्को किम्वदन्ती अनुसार सिमसिमे राजाको घोडाको सुसारे यही वल्खु टोलमा बस्ने ज्यापू थिए । एक दिन राजा सधैँजसो घुम्नका लागि घोडा लिन गएको बेला ज्यापू थाकेर आराम गरिरहेका थिए । तर, राजाले त्यो सुतिरहेको ज्यापूसँगै पाँचवटा टाउको भएको नागले संरक्षण दिइरहेको अचम्मको दृश्य देखेपछि केही नभनी हिँडेरै राजदरबार फर्किए । 

null

यता ज्यापू झसङ्ग भई निद्राबाट ब्यूँझिदा राजा आएर पनि फर्किसकेको थाहा पाए । डरले ज्यापू घोडा लिई राजदरबार गई मैले गल्ती गरेँ, गल्ती भएकोमा क्षमा पाऊँ भनी राजाको पाउ पर्नलाग्दा उल्टै राजाले मलाई माफ गर, तिमी भगवानको अवतारलाई मैले घोडाको सुसारे बनाउन पुगेँ भनी आफू आएको बेला देखेको दृश्यबारे बताए । 

त्यसपछि राजाले उनलाई त्यही घोडा चढाइ फूलमाला पहिर्‍याइ नगर परिक्रमा गराए । यही घटनाको स्मरण गर्दै पाटनमा एकल घोडेजात्रा मनाउने भनी प्रत्येक वर्ष चिल्लागा औँसीका दिन यो जात्रा मनाउने चलन रहेको हो । उक्त घोडेजात्रा वल्खु टोलका भिमसेन गुठी च्योःखलले चलाउने गर्दछन् ।

ललितपुरमा मनाइने उक्त घोडालाई मंगलबजारभित्र लगी दानापानी खुवाएर वल्खुटोलमा लगेर पूजाविधि गरेर घोडेजात्रा शुरू गरिन्छ । घोडालाई पाटनको मंगलबजारमा लगि दानापानी र प्रसादको रूपमा नेवारी खानेकुरासहित रक्सी खुवाएर परम्परागत रूपमा प्रक्रियास्वरूप पूजाविधि गरी घोडेजात्रा मनाइन्छ ।

null

घोडालाई ललितपुरको मंगलबजार, वल्खु टोल, च्यासल हुँदै बालकुमारी मन्दिरसम्म पुर्‍याइएको थियो । घोडालाई बालकुमारी मन्दिरमा तीनपटकसम्म घुमाइसकेपछि घोडेजात्रा सम्पन्न हुन्छ ।

बालकुमारी मन्दिरमा घोडालाई पूजा गरेर पानसुपारीका साथ उक्त घोडालाई नेपाली सेनाको जिम्मा लगाउने गरिन्छ । जात्रामा प्रयोग गर्ने घोडा सिंहदरबारस्थित नेपाली सेनाको क्याबलरी शाखाबाट ल्याउने चलन छ ।

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्