२१ असार २०८३, आइतबार

मधेशका मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन, दुई जना पक्राउ

चैत १७, २०८१
सिरहा
मधेशका मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन, दुई जना पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्वपश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।     
     
यसैगरी, अनुगमन टोलीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुङ्गेरिया स्वीट्स एन्ड चाट हाउस सिल गरेको छ । अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहरमैला भेटिएपछि चाट हाउस गरिएको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्