२९ असार २०८३, सोमबार

राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

७ प्रकारका विशेषज्ञ सेवा शुरू हुने
चैत १७, २०८१
सुर्खेत
राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैलेखको राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आजको बैठकबाट राकम कर्णालीमा विगतमा १५ शय्याको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो । सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ ।

कार्य योजनामा विभिन्न सात प्रकारका स्वास्थ्य विशेषज्ञ सेवा प्रवाह हुने उल्लेख छ ।

अन्नपूर्ण न्यूरो अस्पतालका डा. शरदहरि गजुरेल संयोजक रहेको तीन सदस्यीय कार्ययोजना समितिले निर्माण गरेको कार्ययोजना आज स्वीकृत भएको हो ।

समिति सदस्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. अनुम मंगल समाल  र प्रतिष्ठानकै मकेन्द्रबहादुर शाही सदस्य रहेको उपकुलपति मंगल रावलले जानकारी दिए ।

हेर्नुहोस् कार्ययोजना :

salt training

कमेन्ट गर्नुहोस्